लगानी खबर, काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको हिजो माघ १८ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १७ औं वार्षिक साधारण सभा फागुन २० गते, (शुक्रबार) कल्पतरू होटल, नेपालगञ्ज र विद्युतिय माध्यम जुमबाट एकसाथ दिउँसो १:०० बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूची उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।
त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २८ गते देखि फागुन २० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २७ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।