Like us!
Follow us!

समता घरेलु लघुवित्तको नाफा २ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

समता घरेलु लघुवित्तको नाफा २ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

लगानी खबर, काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.४४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ६४ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ८७.९९ प्रतिशतले बढेर ११ करोड ७१ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ४७३ प्रतिशतले बढेर एक करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३४ लाख ४३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण :

61fb3163e227f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।