Like us!
Follow us!

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि पर्सी माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज माघ २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

त्यसैगरी, रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।