Like us!
Follow us!

७७ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा, ईपीएस कति ?

७७ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा १३ करोड १६ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७७.३२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ४२ लाख २८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ३५.७० प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २४ करोड ८० लाख ८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा भने ११.२८ प्रतिशतले घटेर १० करोड ४५ लाख २८ हजार पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ र जगेडा कोषमा ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।