Like us!
Follow us!

प्रभु क्यापिटलले ल्यायाे विन्टर अफर, यस्ता छन् फाइदा

प्रभु क्यापिटलले ल्यायाे विन्टर अफर, यस्ता छन् फाइदा

लगानी खबर, काठमाडाैँ - प्रभु क्यापिटल लिमिटेडले विन्टर अफर सार्वजनिक गरेकाे छ । यो अफर अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् ।

इच्छुक ग्राहकहरुले आफ्नो घरमै बसेर मोबाइल एपबाटै पूर्ण भिडियो केवाइसीसहितको डिम्याट खाता खोल्न सक्नेछन् । अब विदेशमा बस्ने सबै नेपालीले मोबाइलबाटै भिडियो केवाइसी गरी आफ्नो डिम्याट खाता खोल्न सक्नेछन् । मोबाइल एप हाल एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध रहेको छ ।

यसका साथै ग्राहकहरुले प्रभु क्यापिटलको वेभसाइटबाट समेत डिम्याट खाता खोल्न सक्नेछन् । साथै ग्राहकहरुले प्रभु क्यापिटलको कार्यालय कमलादी तथा प्रभु बैंकको देशभरी रहेका शाखाहरुबाट यो सुविधा लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।