Like us!
Follow us!

गुराँस लघुवित्तको नाफा ४६.८२ प्रतिशतले घट्याे, ईपीएस कति ?

गुराँस लघुवित्तको नाफा ४६.८२ प्रतिशतले घट्याे, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४६.८२ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड ३८ लाख ९५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने ३ प्रतिशतले बढेर ३ करोड ५१ लाख २३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ३ करोड ४० लाख ९९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ४६.८२ प्रतिशतले घटेर एक करोड १६ लाख ११ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २ करोड १८ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ९ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २ करोड ७६ लाख ३० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) १५ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।