लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार बन्द हुने भएको छ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
हिजाे (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेकाे थियाे । नेप्से ०.६७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५४२.९० विन्दुमा पुगेकाे थियाे ।
कूल २२३ वटा कम्पनीकाे एक कराेड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।