लगानी खबर, काठमाडौँ - आज (मंगलबार) सेयर बजारमा रौनकता देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ ।
बढेको बजारमा आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ७ सय १८ रुपैयाँ १० पैसामा पुगेको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : बुद्धमुमि नेपाल हाइड्रोपावर, नेशनल हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स, युनाइटेड इदिमर्दि आरबी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, साहास उर्जा लिमिटेड, अरुण भ्याली हाइड्रोपावर, युनियन हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।