Like us!
Follow us!

नेशनल हाइड्रोपावरको ३९ करोडको कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेशनल हाइड्रोपावरको ३९ करोडको कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) सेयर बजारमा रौनकता देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको ३९ करोड १ लाख ४१ हजार ७ सय १ रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण भ्याली हाइड्रोपावर, अपि पावर, अपर तामाकाशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, आइएमई जनरल इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स, जीवन विकास लघुवित्त र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।  

61f90be5090f9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।