लगानी खबर, काठमाडौँ - आज (मंगलबार) सेयर बजारमा रौनकता देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा आज नेरुडे लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । अज कम्पनीको सेयर मूल्य ३.१७ प्रतिशतले घटेर १ हजार २ सय २० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : मेरो माइक्रोफाइनान्स, सिभिल लघुवित्त, अजोड इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, सनराईज ब्लुचिप फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, बोटलर्स नेपाल (तराई) लिमिटेड, नबिल इक्वीटी फण्ड र एनआईसी एशिया सेलेक्ट फण्ड ३० रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।