Like us!
Follow us!

तरलता अभाव : ३ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

तरलता अभाव : ३ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

लगानी खबर, काठमाडाैँ - बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ३ अर्बले घटेकाे छ । बैंकहरू निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाे परेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । माघ १४ गते बैंकहरूकाे निक्षेप ४८ खर्ब ७२ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ३ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप २ अर्बले घटेर ४३ खर्ब ६ अर्बमा झरेकाे छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४६ खर्ब ६९ अर्बमा स्थिर रहेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.२९ प्रतिशतबाट बढेर ९०.३३ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

61f905134628c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।