Like us!
Follow us!

स्वावलम्बन लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज माघ १८ गते (मंगलबार) अन्तिम दिन रहेको छ ।

संस्थाको एक लाख ६२ हजार ४ सय ९८ कित्ता सेयर माघ ५ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

सूचना हेर्नुहोस् :

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।