Like us!
Follow us!

भारतमा नयाँ बजेट : ६० लाखलाई रोजगारी, ८० लाखलाई घर बनाइदिने

भारतमा नयाँ बजेट : ६० लाखलाई रोजगारी, ८० लाखलाई घर बनाइदिने

लगानी खबर, काठमाडौं - भारतमा मंगलबार सन् २०२२-०२३ को बजेट प्रस्तुत गरिएकाे छ । अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लाे सदन लाेकसभामा बजेट प्रस्तुत गरिरहेकी छन् ।

नयाँ बजेटमा भारत सरकारले सन् २०२२-२३ मा विपन्न वर्गलाई ८० लाख घर बनाइदिनेछ । त्यस्तै, ६० लाखजनालाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ । डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ । बजेटमा किसानका लागि धेरै ठूलाे राहत दिने घाेषणा गरिएकाे छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।