Like us!
Follow us!

५.३६ अंकले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार !

५.३६ अंकले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार !

लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.३६ अंकले बढेर एक हजार ५४१.४० मा पुगेकाे छ । नेप्से ०.३५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर ३०५.४८ मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे ६३ लाख ९० हजार ८३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ ।कम्पनीको ९ कराेड ६१ लाख ९६ हजार २ सय ४६ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

5f61db43aa482.jpg 5f61db4e524f6.jpg 5f61db576f212.jpg 5f61db692b9aa.jpg 5f61db71dcd6c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।