लगानी खबर, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा वृद्धि आएको छ ।
समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.९० प्रतिशतले बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ९.१४ प्रतिशतले बढेर २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ८० करोड ८६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख २३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १३ करोड ५३ लाख २५ हजार रुपैयाँ र महाबिपत्ति कोषमा १ करोड ७ लाख २० हजार रुपैयाँ सन्चित छ ।
समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ८०.४५ गुणा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।