Like us!
Follow us!

कस्तो छ रु रु जलविद्युतको वित्तीय अवस्था ?

कस्तो छ रु रु जलविद्युतको वित्तीय अवस्था ?

लगानी खबर, काठमाडौं - रु रु जलबिद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ६ करोड ५७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १९.६१ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ९ करोड ९६ लाख ५२ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ९ करोड २५ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिका कम्पनीको बिद्युत बिक्रि आम्दानी ७.६९ प्रतिशतले बढेको हो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ र जगेडा कोषमा ११ करोड १७ लाख ४७ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२४ रुपैयाँ ९२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३५.८२ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।