Like us!
Follow us!

५ वटा कम्पनीको हकप्रद आउँदै, हेर्नुस् कुनको कति कित्ता ?

५ वटा कम्पनीको हकप्रद आउँदै, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - विभिन्न ५ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

सेबोनमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरू यस प्रकारका छन् :

१. नागरिक लगानी कोष :

नागरिक लगानी कोषले १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न भाद्र २२ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । काेषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । काेषकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

२. ङादी ग्रुप पावर कम्पनी लिमिटेड :

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल पुस २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले सय रुपैयाँ अंकित दरकाे १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

३. नेपाल फाइनान्स कम्पनी लिमिटेड :

नेपाल फाइनान्स कम्पनी लिमिटेडले १ बराबर १.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

४. हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड :

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल असार ३१ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

५. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड :

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल जेठ २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

हेर्नुस् तालिका :

5f61cfcaef531.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।