Like us!
Follow us!

मानुषी लघुवित्तको नाफा बढ्दा अधिकांश सूचकमा चमक

मानुषी लघुवित्तको नाफा बढ्दा अधिकांश सूचकमा चमक

लगानी खबर, काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ ऋणात्मक थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २८.७६ प्रतिशतले बढेर ४ करोड ९४ लाख ४२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ८३ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर २ करोड ४० लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ ऋणात्मक थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ८१ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ६७ पैसा रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण  :

61f5f74c28ddc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।