Like us!
Follow us!

नेपाल लाइफमा बीमा गर्दा कति बोनस पाइन्छ ?

नेपाल लाइफमा बीमा गर्दा कति बोनस पाइन्छ ?

लगानी खबर, काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले बीमा समितिबाट माघ १३ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा पनि प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार ६० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

हेर्नुहोस् कम्पनी लिमिटेडले सार्वजनिक गरेको नयाँ बोनस दर  :

61f61bd419c18.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।