Like us!
Follow us!

एनसीसी बैंकको संस्थापक सेयर बिक्रीमा

एनसीसी बैंकको संस्थापक सेयर बिक्रीमा

लगानी खबर, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ७ लाख ५९ हजार ३ सय ७२ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार काठमाडौं स्थित सेयर विभागमा निवेदनसहित सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

सूचना हेर्नुहोस् :

61f6282636714.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।