Like us!
Follow us!

रुरु जलविद्युतले पठायो बोनस, तपाईंको खातामा आयो ?

रुरु जलविद्युतले पठायो बोनस, तपाईंको खातामा आयो ?

लगानी खबर, काठमाडौँ - रुरु जलविद्युत परियोजना लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको असाेज १६ गते, सम्पन्न भएको १५ औं तथा १६औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशतका दरले बोनस सेयर बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराउनुहुन र हितग्राही खातामा नै बोनस सेयर प्रप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

त्यस्तै, कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्नुहोस् :

 61f5ed7483941.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।