Like us!
Follow us!

१० कराेड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

१० कराेड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंक लिमिटेडले १० कराेड ४८ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल फागुन २ गतेदेखि २०७९ साल फागुन १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८ कराेड ३९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा एक करोड ५७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ गरी कूल १० कराेड ४८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

सूचना हेर्नुहाेस् :

61f3d75b2a2e0.jpg 61f3d7649585d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।