लगानी खबर, काठमाडौं - घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले बेनीस्थित आफ्ना सेयरधनीहरूलाई सेयर डिम्याट गराउन आग्रह गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै घलेम्दी हाईड्रो लिमिटेडको सेयर डिम्याट गर्नका लागि मुक्तिनाथ क्यापिटलका प्रतिनिधिहरु माघ १७ गते बेनी बजारस्थित मुक्तिनाथ विकास बैंकमा र माघ १८ र १९ गते दुई दिन नारच्याङ्गमा आउने बताउँदै हालसम्म डिम्याट नगरेका सेयरधनीहरुले उल्लेखित स्थानहरुमा सक्कल नागरिकताको प्रमाणपत्र तथा नागरिकताको फोटोकपी र २ प्रति फोटो लिई आफ्नो सेयर डिम्याट गराउन अनुरोध गरेको छ ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।