Like us!
Follow us!

अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार युनाईटेड वल्ड ट्रेड सेन्टर ञिपुरेश्वर काठमाडौंमा बिहान ११:०० बजेबाट सुरु हुने छ । 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

सूचना हेर्नुहोस् :

61f3494fb0ec9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।