Like us!
Follow us!

वोमी लघुवित्तको नाफा ६५ प्रतिशतको बढ्यो, ईपीएस कति ?

वोमी लघुवित्तको नाफा ६५ प्रतिशतको बढ्यो, ईपीएस कति ?

लगानी खाबर, काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ३१ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७७.४८ प्रतिशतले बढेर २० करोड ७४ लाख २४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६८ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१.९४ प्रतिशतले बढेर १३ करोड ६५ लाख ६६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ८ करोड ४३ लाख ३६ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ र जगेडा कोषमा ३० करोड ८६ लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ४९ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।