Like us!
Follow us!

लाभांश पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - जानकी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सको माघ १२ गते बसेको सञ्चालक  समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २५ औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल प्रा.लि. शिवचौक, जनकपुरधाममा बिहान १०:०० बजेदेखि सुरू हुनेछ । 

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको सञ्चालक समितिका सदस्यज्यूहरुको पदावधि समाप्त भएकोले संस्थापक तर्फ ३ जना तथा सर्वसाधारण तर्फ २ जना गरी ५ जना सञ्चालक निर्वाचन सम्बन्धि प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ । 

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

61f38667ea29f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।