Like us!
Follow us!

विश्वप्रसिद्ध सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० नेपालमा सार्वजनिक, मूल्य कति ?

विश्वप्रसिद्ध सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० नेपालमा सार्वजनिक, मूल्य कति  ?

लगानी खबर, काठमाडौं - छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० आज नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ । 

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेतापनि, विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ, विषेश गरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदिमा । झन् नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ ।  

सेगवे नाइनबोटको लागि नेपालमा आइ हव प्रा. लि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हव प्रा. लि. का निर्देशक तथा मालिक बिजुली दाइ भनेर चिनिने श्री लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवद्धन गर्ने उद्देश्य हेतुले आयात गरेका हुन् । 

विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने इ–स्कुटर ब्रान्ड सेगवे इ–१०० माघको तेस्रो हप्ता देखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ । आइ हव प्रा. लि. ले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ–स्कुटरका अन्य मोडलहरु पनि ल्याउनेछ । 

सेगवे इ–१००

उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आउने सेगवे इ–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन । 

सेगवे इ–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् – एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ । 

सिट कुसनको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ । 

नाइनबट इ–स्कुटर इ–१०० चार भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ – कालो, सेतो, नीलो र रातो । परम्परागत स्कुटरको तुलनामा इ–१०० आकर्षक डिजाइनमा उपलब्ध छ । यसको साइज १७५५एमएम ह ६७५ एमएम ह ११३५ एमएम रहेको छ । विद्युतीय सवारी साधन भएपनि इ–१०० को तौल ८० केजी छ ।

यसमा छ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रुपमा वातावरणीय प्रभाव अनुसार प्रकाश फ्याल्दछ । 

यो इ–स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयन युक्त पानी प्रतिरोधी ब्याट्री – क्ष्एह्छ ९द्यबततभचथ(क्ष्एह्ठ० जस्ता सुविधाहरु उपलब्ध छ र साथै, यसले उत्कृष्ट टर्क पनि प्रदान गर्दछ । 

यसमा ४% भाृल्युमबाट १००% भोल्युमसम्म चार्ज गर्न लगभग ७ घण्टा लाग्छ । डुअल ब्याट्री मोड अन्र्तगत यसमा २०० कि.मि. सम्म यात्रा गर्न सकिन्छ । 

ई–१०० सँग एक स्वतन्त्र रुपमा विकसित झट्का अवशोषण प्रणाली पनि छ जसले सडकको सतहको अवस्था अनुसार प्रतिक्रिया दिँदै, प्रकाश कम्पनहरु कम गर्दै सवारीको कडापना र चिसोपनाको सही समायोजन गर्दछ जसले गर्दा सवारी थर्किएको अनुभव कम हुन्छ ।

सेगवे इ–१०० को नेपाली मूल्य रु. २,९१,००० तोकिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।