Like us!
Follow us!

लाभांश पारित गर्न ज्योति लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न ज्योति लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (माघ १२ गते बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको चौंथो वार्षिक साधारण सभा फागुन ६ गते, (शुक्रबार) वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड, पोखरा, कास्कीमा बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सफाले ४ जना संस्थापक समूहका र २ जना सर्वसाधारण समूहका गरी ६ जना सञ्चालकहरुको समेत चयन गर्ने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २३ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस्  :

61f1f215774d3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।