Like us!
Follow us!

३ प्रतिशतले बढ्यो डिप्रोक्स लघुवित्तको नाफा, ईपीएस कति ?

३ प्रतिशतले बढ्यो डिप्रोक्स लघुवित्तको नाफा, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले  ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३.२३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३२ करोड ४० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७.७९ प्रतिशतले बढेर ७१ करोड ३० लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६६ करोड १४ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा बढेर ४७ करोड २९ लाख ९९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ । 

संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ४८ रुपैयाँ २१ पैसा रहेको छ संस्थाको ईपीएस गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १६ रुपैयाँले घटेको छ । कम्पनीले वितरण गरेको बोनस को तुलनामा संस्थाको आम्दानी बृद्धि हुन नसक्दा ईपीएसमा संकुचन आएको हो । संस्थाको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा रहेको छ ।

सूचना हेर्नुहोस् :

61f2024cdaef2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।