Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, कारोबारमा अपि पावर अब्बल

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, कारोबारमा अपि पावर अब्बल

लगानी खबर, काठमाडौं - आज (बुधबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस हप्ताको पहिलो कारोबार दिन (आइतबार) देखि गिरावट आइरहेको बजारमा आज पनि गिरावट आएको हो । नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकममा अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५६ अंकले घटेर ५१८.३८ विन्दुमा झरेको छ ।  

कूल २३३ वटा कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ७४ हजार ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै  उपसमूहहरुको सेयर घटेको छ । आज सबैभन्दा फाइनान्स समूहको सेयर घटेको छ । 

बजार घट्दा कारोबार रकममा अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको १६ करोड ७७ लाख ५७ हजार ४ सय ३४ रूपैयाँको कारोबार भएको छ ।  

बुधबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयर मूल्य आज १० प्रतिशतले बढेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार २ सय १६ रुपैयाँ ६० पैसा पुगेको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ । 

त्यस्तै, आज पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज फाइनान्सको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर ५ सय ५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61f114761abfd.JPG 61f1147836c33.JPG 61f1147a18cba.JPG 61f1147c06d29.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।