Like us!
Follow us!

ज्योति विकास बैंकले पठायो लाभांश, तपाईंको खातामा आयो ?

ज्योति विकास बैंकले पठायो लाभांश, तपाईंको खातामा आयो ?

लगानी खबर, काठमाडौँ - ज्योति विकास बैंक लिमिटेडले  सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकको पौष २३ गते, सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले पारित गरेको ४.५ प्रतिशतका दरले नगद लाभांश बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ । 

बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।  

त्यसैगरी, संस्थाको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्नुहोस् :

61f0d758a968d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।