लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको चौंथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्प्नीको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार २ सय १६ रुपैयाँ ६० पैसा पुगेको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३८.८५ अंकले घटेर २७७६.२१ विन्दुमा पुगेको छ । २२ लाख १४ हजार २ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड १८ लाख २४ हजार २ सय ३ रुपैयाको कारोबार भएको ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।