Like us!
Follow us!

जनगणना २०७८ : प्रारम्भिक नतिजाअनुसार २७ लाख जनसंख्या वृद्धि

जनगणना २०७८ : प्रारम्भिक नतिजाअनुसार २७ लाख जनसंख्या वृद्धि

लगानी खबर, काठमाडौं - गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । 

राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।