Like us!
Follow us!

बुधबार सुनचाँदीको मूल्य कति ?

बुधबार सुनचाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य यथावत रहेको छ । 

हिजाे मंगलबार ताेलाकाे ६ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार ५ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको भाउ पनि आज स्थिर रही प्रतिताेला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।