Like us!
Follow us!

तरलताकाे अभाव बढ्दै : घट्याे बैंकहरूकाे निक्षेप

तरलताकाे अभाव बढ्दै : घट्याे बैंकहरूकाे निक्षेप

लगानी खबर, काठमाडाैँ - तरलताकाे अभाव बढिरहेकाे छ । बैंकहरूकाे निक्षेप फेरि पनि घट्न थालेकाे छ । 

 नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा १३ अर्बले घटेकाे हाे । पाैष ३० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यता वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी एक अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेकाे छ । पाैष ३० गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।