Like us!
Follow us!

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो ।

बजार घट्दा पनि आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १ सय ६ रुपैयाँमा पुगेको छ । 
  

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : बुद्धभुमि नेपाल हाइड्रोपावर, पोखरा फाइनान्स, कालिका लघुवित्त, साम्लीङ पावर कम्पनी लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, आशा लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, बिशाल बजार कम्पनी र १२ पतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ रहेका छन् । 

61efcdba643e3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।