Like us!
Follow us!

मंगलबार यी १० कम्पनीहरुले गरे सर्वाधिक कारोबार

मंगलबार यी १० कम्पनीहरुले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो ।

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा एशियन लाईफ एन्स्योरेन्स कम्पनी लिमिटेड रहेको  छ । आज कम्पनीको २६ करोड ९४ लाख ५१ हजार ४ सय १७ रूपैयाँको कारोबार भएको छ ।   

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश अपि पावर, एनआइसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स, नेशनल हाइड्रोपार, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्टि्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिषि्टलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । 

61efca7f63b8a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।