Like us!
Follow us!

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो ।

बजार घट्दा आज  १०.३५ प्रतिशत कृषि विकास बैंक लिमिटेड डिबेञ्चर २०८३ को सेयर मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको सेयर मूल्य ८.३४ प्रतिशतले घटेर १ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : गोर्खाज फाइनान्स, ममिट लघुवित्त, समता घरेलु लघुृवित्त, चन्द्रागिरि हिल्स, र्मिमिरे माइक्रोफाइनान्स, शिभश्री हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

61efc7b09e4ba.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।