Like us!
Follow us!

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकममा एशियन लाईफ अब्बल

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकममा एशियन लाईफ अब्बल

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन भारी अंकले घटेको बजार आज पनि घटेको हो । बजार घट्दा कारोबार रकममा एशियन लाईफ इन्स्योरेन्स अब्बल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेको छ ।  

कूल २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाईफ इन्स्योरेन्स समूहको सेयर बढेको छ भने बाँकी सबै  उपसमूहहरुको सेयर घटेको छ । आज सबैभन्दा अन्य  डेभलपमेन्ट समूहको सेयर घटेको छ । 

बजार घट्दा कारोबार रकममा एशियन लाईफ एन्स्योरेन्स कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको २६ करोड ९४ लाख ५१ हजार ४ सय १७ रूपैयाँको कारोबार भएको छ ।  

मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १ सय ६ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज १०.३५ प्रतिशत कृषि विकास बैंक लिमिटेड डिबेञ्चर २०८३ को सेयर मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको सेयर मूल्य ८.३४ प्रतिशतले घटेर १ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

 

61efc3e075a28.JPG 61efc3e25aac4.JPG 61efc3e44566f.JPG 61efc3e63ee8a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।