लगानी खबर, काडमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।
फाइनान्सको पौष ३० गते, सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले पारित गरेको ३.३० प्रतिशत नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् पौष ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको फाइनान्सले जनाएको छ ।
त्यसैगरी, फाइनान्सले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।
फाइनान्सको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।