लगानी खबर, काठमाडौं - भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लाे २४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु भएकाे छ ।
भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् ।
भारतमा अहिले संक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ । एजेन्सी
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।