Like us!
Follow us!

ईपीएस ७० पैसा रहेको ग्रीन डेभलपमेन्ट बैंकको नाफा कति ?

ईपीएस ७० पैसा रहेको ग्रीन डेभलपमेन्ट बैंकको नाफा कति ?

लगानी खबर, काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३८.६९ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब २९ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ४४.७७ प्रतिशतले बढेर ५ करोड ६४ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ करोड ९० लाख २५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५०.४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५२ लाख ७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा २ करोड ९० लाख ९७ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० ७० पैसामा सिमित हुन पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

हेर्नुहोस् बैंकले सार्वजनिक गरेको विवरण :

61ef8348de764.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।