लगानी खबर, काठमाडौं प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको विभिन्न ७ कम्पनीको लिलामी सेयर भर्ने आज माघ ११ गते (मंगलबार) अन्तिम दिन रहेको छ । क्यापिटलले माघ ५ गते, बुधबारबाट विभिन्न ७ वटा कम्पनीको संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
क्यापिटलले प्रभु बैंक लिमिटेडको ४६ हजार कित्ता, प्राइम कमर्सियल बैंक लिमिटेडको ६० हजार ६ सय ७५ कित्ता, कुमारी बैंक लिमिटेडको २ लाख कित्ता, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख कित्ता र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये, प्रभु बैंक लिमिटेडको मूल्य १७५ रूपैयाँ, प्राइम कमर्सियल बैंक लिमिटेडको १९० रूपैयाँ, कुमारी बैंक लिमिटेडको १७५ रूपैयाँ, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको २५० रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४०० रूपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य ३९४ रूपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य ४५० रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।