लगानी खबर, काठमाडौं - दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु आइरहेका छन् ।
राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ ।
भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाईते ५० जनाको उद्दार गरिएको छ ।
अगस्टमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए । त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दाबढीको मृत्यु भएको थियो । एजेन्सी
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।