Like us!
Follow us!

पठाओ राइडरलाई अपहरणगरी लुटपाट

पठाओ राइडरलाई अपहरणगरी लुटपाट

लगानी खबर, काठमाडौं - कोटेश्वरबाट शनिवार राति एकजना पठाओ राइडर अपहरित भएकोु भन्ने खवर केही मिडियामा प्रकाशित भएको छ । समाचारमा बताइए अनुसार शनिबार राति कोटेश्वरबाट चढेका एक युवाले राइडरलाई धापाखेल पुर्‍याई अपहरण लुटपाट गरेका हुन् ।

के पठाओ राइडको समयमा अपहरण र लुटपाट भएको हो ?

पठाओ अनलाइन राइड सेयरिङ प्लाटफर्म हो । पठाओको सेवा लिन र दिन मोबाइल एप मार्फत बुकिङ गर्न आवश्यक हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको बिवरण, सेवाग्राही र राइडर दुबैको ब्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको बिवरण पठाओको एपमा उपलब्ध हुन्छ ।

समाचारमा बताइएको घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको देखिन्छ । यस्तो राइड सुरक्षित र सुनिश्चित दुबै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न हामीले बारम्बार सेवाग्राही र राइडर दुबैलाई सुझाउँदै आएका छौँ । 

पठाओ मोबाइल एपको बिवरण अनुसार अपहरण र लुटपाटमा पर्ने ब्यक्ति प्रविन राईले सो घटना हुनु अगाडि सो दिनमा सामाखुसी देखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ । रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ । कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनी बिवरण पठाओ एपमा उपलब्ध छैन । 

यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन । निजले बाटोमा भेटेका ब्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो । 

अफलाइन राइड सेवा लिने र दिने दुबैलाई किन असुरक्षित ?

सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरि राइड लिने प्रवृत्ति देखि सावधान हुनु आवश्यक छ । मोबाईल एप मार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरि अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको ब्यक्तिगत बिवरण र राइड तथा सवारीको बिवरण रेकर्डमा नहुने हुँदा सुरक्षा सम्वेदनशिलता बड्छ । जसले गर्दा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन् । 

अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा ब्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ र सो जानकारीका आधारमा पिडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुन्छ । 

नेपालको पहिलो राइड सेयरिङ वीमा पठाओले सुरु गरेको हो । पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरुको एक लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा दस लाखसम्म वीमा दाबी गर्न सकिन्छ। अफलाइन राइड लिँदा वीमा समेत सुबिधा पाईँदैन । 

त्यसैले सुरक्षित, सुनिश्चित राइडका लागि अनलाइन राइड मात्र लिन र दिन हामी हाम्रा सम्पुर्ण सेवाग्राही र राइडर साथीहरूलाई अनुरोध गर्दछौं ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।