Like us!
Follow us!

भारतमा घट्दै कोभिड संक्रमित

भारतमा घट्दै कोभिड संक्रमित

लगानी खबर, काठमाडाैँ - भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ । 

संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । एजेन्सी

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।