Like us!
Follow us!

नेपाल बैंकको नाफामा सामान्य सुधार, कस्ता छन् अन्य सूचक ?

नेपाल बैंकको नाफामा सामान्य सुधार, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडाैँ - नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३५ करोड ४ लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि १.८० प्रतिशतले बढेर ३ अर्ब २ करोड ४९ लाख ३० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २०.०८ प्रतिशतले घटेर एक अर्ब ६३ करोड ५३ लाख ३६ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले २ अर्ब ४ करोड ६२ लाख २२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा १९ अर्ब ८९ करोड ७१ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ ।

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।