Like us!
Follow us!

एनएमबी बैंककाे नाफा बढ्याे, वितरणयाेग्य नाफा कति छ ?

एनएमबी बैंककाे नाफा बढ्याे, वितरणयाेग्य नाफा कति छ ?

लगानी खबर, काठमाडाैँ - एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६१ करोड ३९ लाख ७३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रूपैयाँमा झरेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ८६ करोड ९४ लाख ९२ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५.३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब २९ करोड ९३ लाख २१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ७५ करोड ९३ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेकाे छ । बैंककाे मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ ।

61ee155996256.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।