Like us!
Follow us!

क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भन्दै राष्ट्र बैंकले दियो कारबाही गर्ने चेतावनी

क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भन्दै राष्ट्र बैंकले दियो कारबाही गर्ने चेतावनी

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेकाे बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएकाे छ । 

राष्ट्र बैंककाे विदेशी विनिमय व्यवस्थापन विभागले आज (आइतबार) एक सूचना प्रकाशन गर्दै हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई Virtual Currency/ Cryptocurrency हरुको कारोबार/प्रयोग गर्न तथा त्यस्ता Virtual Currency/Cryptocurrency हरुसँग सम्बन्धित Hyper Fund जस्ता कोषमा लगानी गर्न र Jocial, Crowd 1, Solemax Global जस्ता पिरामिडमा आधारित Network Marketing मा आवद्ध हुन प्रोत्साहन गर्ने /गराउने गरेको जानकारी प्राप्त हुन आएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।                               

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा Virtual Currency/Cryptocurrency ले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएकाे छ ।

सूचना हेर्नुहाेस् :  

61ed30ded6154.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।