Like us!
Follow us!

५० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि टेकु अस्पतालको नियमित खोप कार्यक्रम बन्द

५० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि टेकु अस्पतालको नियमित खोप कार्यक्रम बन्द

लगानी खबर, काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ । 

कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ । 

यसबारे अस्पतालले जारी गरेको सूचना

यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड–१९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८/१०/१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं ।

सूचना हेर्नुहोस् :

 

61ed347e7fd3b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।